एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको विश्वस्तरीय सफलता

एसीसीए जुन २०२६ परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको विश्वस्तरीय सफलता

काठमाडौं : ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीहरूले अन्तर्राष्ट्रिय लेखा निकाय एसीसीएको जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्।

कलेजका विद्यार्थीहरूले नेपालमा शीर्ष स्थान ओगट्नुका साथै विश्वस्तरमै उल्लेखनीय सफलता हासिल गरेका हुन्।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूमा र उनीहरूको र्यांकः
सहारा मगिया (PM): नेपाल प्रथम / विश्वमा आठौं
आशुतोष शर्मा (SBR): नेपाल प्रथम / विश्वमा एघारौं
नेहा खतिवडा (SBL): नेपाल प्रथम / विश्वमा अठारौं
राकेश साह (SBR): नेपाल दोस्रो / विश्वमा तेह्रौं
आशास्वी कुमारी श्रेष्ठ (ATX): नेपाल दोस्रो / विश्वमा सत्रौं
शेलिश्मा सिवाकोटी (PM): नेपाल तेस्रो / विश्वमा तेहौं

विद्यार्थीहरूको यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै कलेजका प्रोफेसनल एजुकेशन प्रमुख दिपेन्द्र के. श्रेष्ठले विद्यार्थीको मेहनत र अनुभवी शिक्षकहरूको निरन्तर मार्गदर्शनले कलेजको शैक्षिक उत्कृष्टतालाई थप उचाइमा पुर्याएको बताए।

‘एसीसीए प्लेटिनम अप्रुभ्ड लर्निङ पार्टनर’ तथा लाइसेन्स प्राप्त सीबीई सेन्टर रहेको बिपीसीले गुणस्तरीय पूर्वाधारमार्फत विश्वस्तरीय वित्तीय करियरका लागि विद्यार्थीहरूलाई तयार गर्दै आएको छ।

यसैबीच, कलेजले सेप्टेम्बर २०२६ सेसनका लागि भर्ना खुला भएको जनाएको छ। इच्छुक विद्यार्थीले ललितपुरको चाकुपाटस्थित कलेजमा सम्पर्क गरी परामर्श लिन सक्ने कलेजले जनाएको छ।

साउन १६, २०८३ शनिबार १३:१६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।