कुमारी बैंकद्वारा मृतकका परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकद्वारा मृतकका परिवारलाई १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं : कुमारी बैंक लिमिटेडको गौमुल शाखाले ‘परिवार सुरक्षा बचत खाता’ अन्तर्गत १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

गौमुल निवासी श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन भएपछि बैंकले बीमा दाबी प्रक्रिया पूरा गरी उक्त १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

कठिन परिस्थितिमा हस्तान्तरण गरिएको यस रकमले शोकाकुल परिवारलाई ठूलो आर्थिक सहारा पुग्ने बैंकले विश्वास लिएको छ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई वित्तीय सेवाका साथै बीमा सुरक्षाको पहुँच पुर्याउने उद्देश्यले बैंकले आफ्ना विभिन्न बचत खाताहरूमा यस्ता आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।

विगत २५ वर्षदेखि सेवा दिँदै आएको कुमारी बैंकले हाल देशभरका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ बिन्दुहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

साउन १६, २०८३ शनिबार १२:४६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।