उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा आज विद्युत् कटौती, कहाँ-कति बजे जाँदैछ बत्ती?

उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा आज विद्युत् कटौती, कहाँ-कति बजे जाँदैछ बत्ती?

काठमाडौं : विद्युत् लाइनको मर्मतसम्भार तथा स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणका विभिन्न वितरण केन्द्रहरूले दिएको जानकारीअनुसार आज काठमाडौं, भक्तपुर, नुवाकोट र चितवन (भरतपुर) का विभिन्न क्षेत्रमा केही घण्टा बत्ती जानेछ।

काठमाडौं उपत्यकाका कुन क्षेत्रमा कति बजे बत्ती जान्छ?
रत्नपार्क वितरण केन्द्र अन्तर्गत घट्टेकुलो, कालिकास्थान, डिल्लीबजार कारागार पछाडि, भ्याली पेट्रोल पम्प, ज्ञानेश्वर, कालोपुल, सानो गौचरण, मालिगाउँ र आसपासका क्षेत्रमा प्रिभेन्टिभ मेन्टेनेन्सका कारण बिहान ८ देखि बेलुका ४ बजेसम्म बत्ती काटिएको छ।

बानेश्वर वितरण केन्द्र अन्तर्गत नयाँ बानेश्वर, मध्य बानेश्वर, पुरानो बानेश्वर, बत्तीसपुतली, छक्कबकु मार्ग, ठूलो खरिबोट, कात्यायनी चोक र मिलन चोक क्षेत्रमा बिहान ११ देखि दिउँसो २ बजेसम्म तथा सोही वितरण केन्द्रका नागस्थान, कुमारी मन्दिर, सूर्य विक्रम ज्ञवाली मार्ग, साहित्य मार्ग र मुस्कान मासु पसल क्षेत्रमा दिउँसो ३ देखि साढे ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।

कुलेश्वर वितरण केन्द्रका कलङ्की, ढुंगेअड्डा, नैकाप, सिप्रदी, बोसीगाउँ, विष्णुदेवी, तीनथाना, सतुङ्गल, एपीएफ, हरियाली र चुनदेवी क्षेत्रमा बिहान ७ देखि १० बजेसम्म तथा सोही वितरण केन्द्रका मातातीर्थ, पानीघाट, गोदाम, केबुलकार, त्रिभुवन पार्क, इन्द्रथान, बसुन्डोल, महेश फाँट, नागढुंगा, मसिने लगायतका क्षेत्रमा कन्डक्टर अपग्रेडिङ र केबल मर्मतका लागि बिहान ११ देखि बेलुका ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ।

भक्तपुर/ठिमीका निकोसेरा, टी.बी., बालकुमारी र सल्लाघारी क्षेत्रमा जम्पर मर्मतका लागि बिहान ११ देखि दिउँसो २ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ।

उपत्यकाबाहिर कहाँ-कहाँ काटिँदैछ लाइन?
नुवाकोट वितरण केन्द्रको बेलकोटगढी नगरपालिका (वडा नं. १, १०, ११, १२, १३), ककनी गाउँपालिका (केउरेनी, चुतराले, सिरुबारी, रानीपौवा, सिस्डोललगायत), लिखु गाउँपालिका र विदुर नगरपालिकाका विभिन्न वडा (शेरा, गागटे, तल्लो पिपलटार)मा ब्रेकर मर्मतका लागि बिहान ८ देखि दिउँसो १२ बजेसम्म बिजुली काटिएको छ।

चितवनको भरतपुरस्थित न्युरोड क्षेत्रमा पोल स्ट्रक्चर फिटिङका लागि विहान बिहान ७ देखि ९ बजेसम्म बिजुली काटिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले मर्मतको काम तोकिएको समयअगावै सम्पन्न भएमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् आपूर्ति सुचारु हुन सक्ने जानकारी दिएको छ।

साउन १६, २०८३ शनिबार ०९:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।