नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा पौने ४ अर्बको कारोबार

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा पौने ४ अर्बको कारोबार

काठमाडौं : धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक दोहोरो अङ्कले बढेर दुई हजार ६८५ दशमलव ५४ अङ्कमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुक्रबार १२ दशमलव ९६ अङ्कले बढ्यो। 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ४४ अङ्कले बढेर ४७० दशमलव १३ पुग्यो। त्यस्तै फ्लोट सूचक एक अङ्कले बढेर १८४ दशमलव ५९ मा पुग्यो। 

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले बढेर १५९ दशमलव ४८ मा पुगेको छ। शुक्रबार विभिन्न कम्पनीका ८८ लाख ५१ हजार २१६ कित्ता सेयर तीन अर्ब ७५ करोड ९७ लाख २२ हजार ३४० मूल्यमा खरिद बिक्री भएको छ। 

शुक्रबार १३ उपसमूहमध्ये ११ उपसमूह बढेका छन् भने दुई उपसमूह घटेका छन्। १८० कम्पनीको सेयर बढ्यो भने ८२ कम्पनीको सेयर घट्यो। त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो। 

नेप्सेका अनुसार एभरेष्ट कलर लिमिटेड, लक्ष्मी भ्यालु फण्ड र जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाए। त्यस्तैगरी बोर्टलर्स नेपाल(तराई) लिमिटेड, कालिञ्चोक हाइड्रोपावर कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन्।

साउन १५, २०८३ शुक्रबार १६:१७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।