उद्धार टोलीले भन्यो- ‘ब्रोड पिक’ हिमालमा चार जनाको शव भेटियो

उद्धार टोलीले भन्यो- ‘ब्रोड पिक’ हिमालमा चार जनाको शव भेटियो

एजेन्सी : पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका आरोही निर्मल पुर्जासहितको टोलीको खोजी कार्य तीव्र पारिएको छ।

उद्धार टोलीले ४ जनाको शव फेला पारेको दाबी गरिए पनि आधिकारिक निकायले यसको पुष्टि गरिसकेका छैनन्।

हवाई खोजीका लागि हेलिकप्टर र ड्रोनको प्रयोग भइरहेको छ भने स्थलगत रूपमा पनि उद्धार टोलीहरू खटिएका छन्।

यसैबीच, अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अरशद खानले इन्स्टाग्राममा एक पोस्ट गर्दै स्थलगत उद्धार टोलीले ४ वटा शव फेला पारिसकेको जानकारी दिएका छन्।

हाल उद्धार टोलीले मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

साउन १५, २०८३ शुक्रबार ११:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।