जनकपुरधाममा कर्फ्यु कायमै, बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामान किन्न छुट

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामान किन्न छुट

जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा लगाएको कर्फ्यु आदेश अझै कायम रहेको जनाएको छ।

यद्यपि, सर्वसाधारणको सहजताका लागि बिहान ६ बजेदेखि ८ बजेसम्म (दुई घण्टा) अत्यावश्यक सामग्री खरिद गर्न भने घरबाहिर निस्कन छुट दिइएको छ।

प्रशासनका अनुसार कर्फ्यु जारी रहे पनि जनजीवनसँग जोडिएका अत्यावश्यक सेवा र तोकिएका व्यक्तिहरूको आवतजावतमा भने रोक लगाइने छैन।

यद्यपि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति तथा पेट्रोलियम पदार्थको ढुवानी र बिक्री वितरण, एम्बुलेन्स, दमकल र शववाहन, पानी र दूध बोकेका सवारी साधनहरूलाई् निर्वाध चल्न दिइएको छ।

यस्तै परिचयपत्रको आधारमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, अस्पताल जानुपर्ने बिरामीहरू, विमानस्थल आउजाउ गर्ने यात्रुहरूलाई आवतजावत गर्न पाउनेछन्।

प्रशासनले तोकिएको समय र नियमको पालना गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ।

साउन १५, २०८३ शुक्रबार ०७:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।