प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए शपथ

प्रमुख निर्वाचन आयुक्त कार्कीले लिए शपथ

काठमाडौं : प्रधानन्यायाधीश डा मनोज शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

सर्वोच्च अदालतमा बिहीबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश डा शर्माले नवनियुक्त प्रमुख निर्वाचन आयुक्त कार्कीलाई पद तथा गोपनीयताको शपथ गराए। 

प्रधानन्यायाधीशबाट शपथ लिएपछि प्रमुख निर्वाचन आयुक्त कार्कीले आयुक्तहरू गुरुप्रसाद वाग्ले र डा राजीव सुब्बालाई शपथग्रहण गराए। संसदीय सुनुवाइ समितिले बुधबार प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। 

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका थिए।

साउन १४, २०८३ बिहीबार १९:४८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।