सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको भने घट्यो

काठमाडौ : नेपाली बजारमा बिहीबार सुनको मूल्य केही बढेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन तोलामा आठ सयले बढ्दा चाँदी १० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सयमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेर चार हजार तीन सय १० रुपैयाँ कायम भएको छ।

बुधबार चाँदी चार हजार तीन सय २० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७६ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

साउन १४, २०८३ बिहीबार ११:१७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।