सिजीको ‘मेरिडिया सिरिज’मा ४ वटा अत्याधुनिक ‘सिंगल डोर’ फ्रिज सार्वजनिक
काठमाडौं : नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम ‘मेरिडिया सिरिज’ अन्तर्गत अत्याधुनिक प्रविधिसहितका ४ नयाँ मोडलका ‘सिंगल डोर’ रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ।
२०० लिटर क्षमताका यी फ्रिजहरू घरको भान्सालाई आकर्षक बनाउन ‘लिफी वाइन’ र ‘लिफी ब्लु’ रङमा उपलब्ध गराइएका छन्।
नयाँ फ्रिजहरूमा बिजुली बचत गर्ने र ११० भोल्टको कम भोल्टेजमा पनि सहजै चल्ने ‘डिजिटल इन्भर्टर कम्प्रेसर’ प्रयोग गरिएको छ।
यसमा छिटो चिसो बनाउने टर्बो कुलिङ प्रविधि, फलफूल तथा तरकारी ताजा राख्ने ‘जम्बो ट्रे’ र सुरक्षाका लागि लक एन्ड कीको सुविधा छ।
साथै, नेपाली भान्साको आवश्यकतालाई ध्यानमा राख्दै आलु र प्याज भण्डारणका लागि छुट्टै ‘ड्राइ बास्केट’ र आकर्षक ‘एप्रोन बेस’ समेत राखिएको छ।
ग्राहकहरूले यी फ्रिजहरू देशभर रहेका २१ वटा सिजी डिजिटलका शोरुम, कम्पनीका आधिकारिक वेबसाइटहरू तथा विभिन्न बिक्री केन्द्रहरूबाट खरिद गर्न सक्नेछन्।
कम्पनीले देशभरका ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको गुणस्तरीय सेवा उपलब्ध गराउने जनाएको छ।
साउन १४, २०८३ बिहीबार ११:१७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।