११ लाख घरमा पुग्यो वर्ल्डलिंकको फाइवर इन्टरनेट, ३५ प्रतिशत बजार हिस्सा ओगट्यो

११ लाख घरमा पुग्यो वर्ल्डलिंकको फाइवर इन्टरनेट, ३५ प्रतिशत बजार हिस्सा ओगट्यो

काठमाडौं : नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटीटीएच (फाइबर टु द होम) ग्राहक पुर्याएको छ। यससँगै कम्पनीले नेपालको एफटीटीएच बजारमा करिब ३५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ।

हाल देशका ७४ जिल्लामा सेवा विस्तार गरिसकेको वर्ल्डलिंकले दुर्गम जुम्लादेखि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको इन्टरनेट पुर्याएको छ। ग्राहकलाई अझ उत्कृष्ट र तीव्र गतिको डिजिटल अनुभव दिन कम्पनीले हालै ‘वाई-फाई ६’ प्रविधिसमेत सञ्चालनमा ल्याएको छ।

सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा सुरु गरेको वर्ल्डलिंकले सन् २०१५ देखि एफटीटीएच सेवा दिन थालेको थियो। ३१ वर्ष लामो सेवा यात्रामा ११ लाख ग्राहक पुग्नुलाई कम्पनीले एक महत्त्वपूर्ण माइलस्टोन मानेको छ।

यस ऐतिहासिक उपलब्धिमा साथ दिने सम्पूर्ण ग्राहक, कर्मचारी र साझेदारहरूप्रति आभार व्यक्त गर्दै वर्ल्डलिंकले आगामी दिनमा पनि नवीनतम प्रविधिसहित नेपालको डिजिटल रूपान्तरणमा अग्रणी भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याएको छ।

साउन १४, २०८३ बिहीबार ११:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।