दिवाकर गोल्छा अर्गनाईजेशनद्वारा ७३औं जन्मजयन्ती तथा संस्थापक दिवस मनाइयो

दिवाकर गोल्छा अर्गनाईजेशनद्वारा ७३औं जन्मजयन्ती तथा संस्थापक दिवस मनाइयो

काठमाडौं : दिवाकर गोल्छा अर्गनाईजेशनले आफ्ना संस्थापक, वरिष्ठ उद्योगी स्व. दिवाकर गोल्छाको ७३औँ जन्मजयन्तीका अवसरमा मङ्गलबार ‘संस्थापक दिवस’ मनाएको छ।

काठमाडौंस्थित कर्पोरेट कार्यालय, कारखाना तथा विभिन्न शाखा कार्यालयहरूमा विविध सामाजिक कार्यक्रम आयोजना गरी दिवस मनाइएको अर्गनाईजेशनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दिवसका अवसरमा अर्गनाईजेशनले विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। जसअन्तर्गत स्थानीयवासीका लागि निःशुल्क स्वास्थ्य शिविर, उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरूलाई सम्मान, वृक्षारोपण तथा स्थानीय विद्यालय र वृद्धाश्रमहरूमा भोजन वितरण गरिएको छ।

साथै, संस्थाले कीर्तिपुर अस्पताललाई डायलासिस उपकरण हस्तान्तरण समेत गरेको छ।

देशलाई औद्योगिकीकरण र रोजगारीतर्फ उन्मुख गराउने स्व. गोल्छाको दृष्टिकोणअनुसार अर्गनाईजेशनले जस्तापाता, पाइप, जुट, चिनी, खाद्यान्न, आल्मुनियम, स्टील लगायतका उद्योगमार्फत करिब २० हजार मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ।

नेपालको पहिलो स्टील उद्योगका रूपमा स्थापित अर्गनाईजेशनअन्तर्गतको ‘हुलास स्टील ईण्डष्ट्रिज लिमिटेड’ले ४५ वर्षको यात्रा पूरा गरिसकेको छ। अर्गनाईजेशनले ‘दिवाकर गोल्छा फाउन्डेसन’ मार्फत सामाजिक सेवा र आर्थिक सहयोगका कार्यहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ।

साउन १४, २०८३ बिहीबार १०:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।