२६८८ विन्दुमा झर्‍यो सेयर बजार, कारोबार पनि खुम्चियो

२६८८ विन्दुमा झर्‍यो सेयर बजार, कारोबार पनि खुम्चियो

काठमाडौं : बुधबार पनि सेयर बजार घटेको छ। मंगलबार ४.६४ अंक घटेको नेप्से परिसूचक बुधबार ७.७९ अंकले घटेर २६८८ विन्दुमा झरेको छ। आजसहित लगातार तेस्रो दिन बजार घटेको हो।

यसदिन कारोबार रकम पनि घटेको छ। मंगलबार ४ अर्ब ४२ करोडको कारोबार भएकोमा आज ४ अर्ब २ करोडको मात्र कारोबार भएको छ।

आज ७८ कम्पनीको मूल्य बढ्दा १८६ को घटेको छ भने भने ११ को स्थिर रहेको छ। यसदिन म्युचुअल फन्ड र अन्य समूहका उपसूचक मात्र बढेका छन्। अन्य समूह ०.४३ र म्युचुअल फन्ड  ०.३१ प्रतिशत बढेका छन्।

बैंकिङ ०.२७, विकास बैंक ०.४२, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.५२, जलविद्युत् ०.३९, लगानी ०.२४, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.५५, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.५७ तथा व्यापार ०.०१ प्रतिशत घटेका छन्।

एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ। आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, खानीखोला हाइड्रोपावर, रिलायन्स स्पिनङि मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स तथा रिडी पावर छन्।

साउन १३, २०८३ बुधबार १५:२२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।