सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। 

मङ्गलबारको तुलनामा सुन तोलामा एक हजारले घटेको छ भने चाँदी १० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सयमा कारोबार भइरहेको छ।

मङ्गलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सयमा कारोबार भएको थियो।   

यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर चार हजार तीन सय २० रुपैयाँ कायम भएको छ। मङ्गलबार चाँदी चार हजार तीन सय १० रुपैयामा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।

साउन १३, २०८३ बुधबार ११:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।