यामाहा नेपालको ‘पार्टनर्स मिट २०२६’ थाइल्यान्डमा सुरु

यामाहा नेपालको ‘पार्टनर्स मिट २०२६’ थाइल्यान्डमा सुरु

काठमाडौं : यामाहा नेपालको आयोजनामा थाइल्यान्डको पटायामा ‘ब्लु सर्ज-पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ सुरु भएको छ।

जुलाई २७ देखि ३१ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा सहभागी हुन देशभरका यामाहा साझेदार तथा डिलर नेटवर्क थाइल्यान्ड प्रस्थान गरेका हुन्।

एमएडब्लु राइड्स प्रा.लि.का अध्यक्ष विष्णु कुमार अग्रवालको नेतृत्वमा नेपाली टोली कार्यक्रममा सहभागी भएको छ। सम्मेलनमा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको समेत विशेष उपस्थिति रहेको छ।

कार्यक्रमले नेपाली साझेदारहरूलाई यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने, उत्कृष्ट योगदानको सम्मान गर्ने र भविष्यको रणनीतिक दिशा तय गर्ने अवसर प्रदान गर्नेछ।

यामाहा नेपाल र यसका साझेदारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै नयाँ लक्ष्यतर्फ अघि बढ्ने उद्देश्यका साथ यो सम्मेलन आयोजना गरिएको हो।

साउन १२, २०८३ मंगलबार २१:०१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।