मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर ४५४ किलो गाँजा तस्करी

मिनीट्रकको छतमा ‘फल्स बटम’ बनाएर ४५४ किलो गाँजा तस्करी

महोत्तरी : मिनीट्रकको छतमा ‘फल्स बटम’ (नक्कली तला) बनाएर लुकाइछिपाइ लैजाँदै गरिएको ४५४ किलोग्राम गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ३ बाट ४५४ किलो गाँजा र मिनीट्रकसहित ललितपुरका २६ वर्षीय विश्व तामाङलाई नियन्त्रणमा लिएको हो।

ब्युरोका अनुसार सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ जाँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकलाई शंका लागेर रोकी जाँच गर्दा उक्त गाँजा बरामद भएको हो।

तस्करहरूले ट्रकको छतमा फल्स बटम बनाई ६० वटा पोकामा ४५४ किलोग्राम गाँजा लुकाइछिपाइ राखेका थिए।

पक्राउ परेका तामाङ र बरामद सामानलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास, महोत्तरीमा बुझाइएको ब्युरोका सह-प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) जिवन निरौलाले जानकारी दिए।

साउन १२, २०८३ मंगलबार १७:५५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।