कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं : नेपाली कांग्रेसका  वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ।

उनको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यालयले जनाएको छ।

साउन १२, २०८३ मंगलबार १६:०४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।