४ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ४२ करोडमा खुम्चियो

४ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ४२ करोडमा खुम्चियो

काठमाडौं : साताको दोस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ। सोमबार ३३.२८ अंक घटेको नेप्से परिसूचक मंगलबार ४.६४ अंकले घटेर  २६९६ विन्दुमा झरेको छ। आज बजार दिनभर उतारचढावमै रह्यो।

यसदिन कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोडको कारोबार भयो।

आज ९९ कम्पनीको मूल्य बढ्दा १६५ को घटेको छ भने भने १३ को स्थिर रहेको छ। आज चार समूहका उपसूचक बढेका छन्।

फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.१८, जलविद्युत् ०.१५ र  व्यापार ०.७४ प्रतिशत बढेका छन्। त्यस्तै, बैंकिङ ०.०७, विकास बैंक ०.१९, लगानी ०.७६, जीवन बीमा ०.५८, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.२४ तथा अन्य ०.८० प्रतिशत घटेका छन्।

एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ। आज धेरै कारोबार भएका कम्पनीमा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स छन्।

साउन १२, २०८३ मंगलबार १५:३९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।