एनआईसी एशिया बैंकमा नेपालपे कार्डबाट भुक्तानी सेवा सुरु
काठमाडौं : एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को ‘नेपालपे कार्ड’ मार्फत भुक्तानी प्राप्ती सेवा सुरु गरेको छ।
यस सेवाको सुरुआतसँगै अब बैंकका एटीएम र पीओएस टर्मिनलहरूमा नेपालपे कार्डमार्फत सहजै भुक्तानी गर्न सकिनेछ।
साथै, अन्तर्राष्ट्रिय भुक्तानी पार्टनर ‘डिस्कभर नेटवर्क’अन्तर्गतका ‘रुपे’ कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि अब एन आई सी एशिया बैंकका एटीएम र पीओएस मेसिनहरूमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ।
नेपालपे कार्ड ‘नेशनल पेमेन्ट स्विच’अन्तर्गत सञ्चालनमा आएको नेपालको आफ्नै कार्ड स्किम हो। यो कार्ड नेपालमा नेशनल पेमेन्ट स्विचमार्फत र अन्तर्राष्ट्रिय स्तरमा डिस्कभर नेटवर्कमार्फत विश्वव्यापी रूपमा प्रयोग गर्न सकिन्छ।
हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेको यो राष्ट्रिय कार्ड प्रणालीको प्रवर्द्धनले नेपालको डिजिटल रूपान्तरण र डिजिटल बैंकिङको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
साउन १२, २०८३ मंगलबार १५:१२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।