मोरङमा डिजे बजाउन निषेध
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा डिजेको प्रयोग गर्न निषेध लगाएको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङद्वारा जारी सूचना अनुसार जिल्लाभित्र आयोजना हुने मेला, महोत्सव, विवाह, पार्टी/उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कुनै पनि कार्यक्रममा अर्को सूचना जारी नभएसम्मका लागि डिजेको प्रयोग गर्न निषेध गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनामा उक्त निर्णयको उल्लङ्घन गरी डिजेको प्रयोग गरेमा वा गराइएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।
छिमेकी जिल्ला सुनसरीमा डिजे बजाउने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु र केही घाइते भएको घटनाकैबीच मोरङ प्रशासनले डिजे बजाउन निषेध गरेको हो।
साउन १२, २०८३ मंगलबार १३:५६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।