तोलामा ४३ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

तोलामा ४३ सय रूपैयाँ घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो

 काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला चार हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, मंगलबार चाँदी तोलामा एक सय ३५ रूपैयाँले घटेर चार हजार तीन सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार चाँदी तोलामा चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भएको थियो।

साउन १२, २०८३ मंगलबार ११:१२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।