१० हजार घुससहित पक्राउ परे वडा सचिव साह
झापा : झापाको गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ का वडा सचिव अजयकुमार साहलाई घुससहित पक्राउ परेका छन्।
सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्न साहले सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार साहलाई सोही वडास्थित एक स्थानीय होटलबाट सोमबार उनलाई पक्राउ गरेको थियो। साहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
साउन ११, २०८३ सोमबार १८:५१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।