विश्वव्यापी आपूर्ति शृङ्खलासँग जोड्ने इ-कमर्स प्लेटफर्म ‘Gtradea.com’ सञ्चालनमा
काठमाडौं : नेपाली उपभोक्ता तथा व्यवसायीहरूलाई विश्वव्यापी बजारका लाखौं उत्पादनहरूमा प्रत्यक्ष पहुँच पुर्याउने उद्देश्यका साथ इ-कमर्स प्लेटफर्म gtradea.com सञ्चालनमा आएको छ।
बियोन्ड बोर्डर्स भन्ने नाराका साथ सञ्चालनमा आएको यस प्लेटफर्मले नेपाली उपभोक्तालाई सिधै अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ।
अनलाइन खरिददारीलाई सुरक्षित र व्यवस्थित बनाउन सामानको बीमा र भुक्तानी प्रणालीको व्यवस्था गरिएको छ। अन्तर्राष्ट्रिय बजारबाट सामान मगाउँदा हुन सक्ने सम्भावित जोखिम कम गर्न अर्डर गरिएका सामग्रीको बीमा गरिने र बैंक खाताबाट सोझै रकम भुक्तानी गर्न सक्ने सुविधा मिलाइएको कम्पनीले जनाएको छ।
सामान हराउने वा बिग्रिने डरलाई न्यूनीकरण गर्दै यसले उपभोक्ताको लगानी सुरक्षित गर्ने कम्पनीको दाबी छ। गुणस्तरीय उत्पादनहरू प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको यस प्लेटफर्ममार्फत साना तथा ठूला नेपाली व्यवसायीले समेत लाभ लिन सक्नेछन्।
जी-ट्रेडमा मुख्यतया फेसन, लत्ताकपडा, इलेक्ट्रोनिक्स, ग्याजेट, सौन्दर्य सामग्री, खेलौना र घरायसी उपभोग्य वस्तुहरू उपलब्ध छन्। विश्वव्यापी बजारका सामग्रीहरू सजिलै खोज्न सकिने र सुरक्षित रूपमा घरदैलोमै डेलिभरी हुने कम्पनीको विश्वास छ।
साउन ११, २०८३ सोमबार १६:५६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।