‘पिक आवर’मा ३ हजार २४८ मेगावाट विद्युत् माग

‘पिक आवर’मा ३ हजार २४८ मेगावाट विद्युत् माग

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कुल ऊर्जा आपूर्ति ७३ हजार ६२९ मेगावाट घण्टा पुगेको छ।

यसमध्ये कुल राष्ट्रिय (आन्तरिक) माग ५१ हजार ५२७ मेगावाट घण्टा छ भने ‘पिक आवर’मा विद्युत् माग ३ हजार २४८ मेगावाट रहेको छ।

प्राधिकरणका अनुसार हाल भारतबाट विद्युत् आयात शून्य छ। आन्तरिक माग धानेर बढी भएको २२ हजार १०२ मेगावाट घण्टा विद्युत् दैनिक रूपमा भारत निर्यात भइरहेको छ।

प्रणालीमा उपलब्ध कुल ऊर्जामध्ये सबैभन्दा धेरै निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको योगदान छ। निजी क्षेत्रले ४७ हजार ५६३ मेगावाट घण्टा विद्युत् उपलब्ध गराएका छन्।

त्यस्तै, प्राधिकरणका सहायक कम्पनीहरूबाट १७ हजार १०८ र प्राधिकरणका आफ्नै आयोजनाबाट ८ हजार ९५९ मेगावाट घण्टा ऊर्जा आपूर्ति भइरहेको छ।

वर्षाका कारण हालसम्म देशभरको विद्युत् प्रणालीमा कुनै अवरोध नरहेको प्राधिकरणले जनाएको छ।

यद्यपि, सम्भावित अवरोधलाई मध्यनजर गर्दै तत्काल मर्मतसम्भारका लागि सातवटै प्रदेश कार्यालय र काठमाडौँमा प्राविधिक टोलीलाई तम्तयारी अवस्थामा राखिएको छ।

साउन ११, २०८३ सोमबार ०७:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।