सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदी पनि ६० रूपैयाँले बढेर चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार चाँदी तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

साउन १०, २०८३ आइतबार ११:२७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।