चुरा, पोते र टिका आयातमा वार्षिक ५३ करोडभन्दा बढी रकम बाहिरिँदै
काठमाडौं : नेपालमा चुरा, पोते र टिका आयातका लागि वर्षेनी औसत ५३ करोड रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ।
भन्सार विभागको पछिल्लो तीन वर्षको तथ्यांक अनुसार स्वदेशी उत्पादन पर्याप्त नहुँदा यी श्रृंगारका सामग्री पूर्णतः विदेशी आयातमा निर्भर रहेका छन्।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ६० करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको चुरा, टिका र पोते आयात गरेको छ।यस अवधिमा ३४ लाख ७० हजार ५२५ ग्रस यस्ता सामग्री भित्रिएका छन्। विभागले चुरा, पोते र टिका आयातका लागि ग्रस एकाई प्रयोग गर्दछ। एक ग्रसमा १४४ वटा चुरा हुन्छन्।
आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड ६४ लाख ८८ हजार रुपैयाँ बराबरको ३८ लाख ५२ हजार ८०३ ग्रस चुरा, पोते र टिका आयात भएको तथ्यांक छ। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पनि ५४ करोड २० लाख ७४ हजार रुपैयाँ खर्चिएर ३७ लाख ५२ हजार ग्रस यी सामग्री भित्रिएका थिए ।
नेपालमा यी सामग्रीहरू छिमेकी मुलुक भारत र चीनका साथै कतार, अमेरिका, उज्बेकिस्तान र अस्ट्रेलिया लगायतका देशहरूबाट नेपाल भित्रिने गरेका छन्। पोतेका कच्चा दाना तेस्रो मुलुकबाट आयात गरी स्वदेशमै उनेर बजारमा पठाउने गरिएको छ।
साउन ९, २०८३ शनिबार ११:१०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।