सामसङ नेपालद्वारा एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं : सामसङ नेपालले सामसङ इनोभेसन क्याम्पसअन्तर्गत कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि आवेदन खुला गरेको छ।
सन् २०२५ डिसेम्बर २२ देखि २०२६ जुन ३० सम्म सञ्चालन भएको कोडिङ कोर्समा सहभागी विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरिएको थियो। कोडिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योग एक्सपोजर प्रदान गरेको सामसङ नेपालले जनाएको छ।
उदीयमान प्रविधिमार्फत रोजगारी प्रवर्द्धन गर्ने, स्नातकहरूका लागि अल्मुनाई नेटवर्क स्थापना गर्ने र नेपालको डिजिटल भविष्यका लागि एआई-रेडी जनशक्ति निर्माण मुख्य उद्देश्य रहेको सामसङ नेपालको भनाइ छ।
साउन ८, २०८३ शुक्रबार १९:४३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।