सिद्धार्थ बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई पोखराको बर पीपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं : सिद्धार्थ बैंक र पोखराको लेकसाइडस्थित ‘बर पीपल रिसोर्ट’ बिच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौता अनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले बर पीपल रिसोर्टका विभिन्न सेवाहरूमा बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यस्तै, बैंकको ‘नारी डेविट कार्ड’ र ‘प्लेटिनम क्रेडिट कार्ड’ प्रयोग गरी भुक्तानी गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा हुनुका साथै नगद कारोबार छाडेर डिजिटल कारोबारतर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

साउन ८, २०८३ शुक्रबार १२:५२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।