द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई ‘ड्युक अफ एडिनबर्ग्स’ ब्रोंज अवार्ड
काठमाडौं : द ब्रिटिस मोडल कलेजका पाँच जना विद्यार्थीले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ‘ब्रोंज अवार्ड’ प्राप्त गरेका छन्।
सम्मानित हुने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन्। काठमाडौंको गैरीधारामा आयोजित ‘नेशनल अवार्ड सेरेमोनी’ मा उनीहरूलाई औपचारिक रूपमा अवार्ड प्रदान गरिएको हो।
सामुदायिक सेवा, सीप विकास, शारीरिक सक्रियता र साहसिक यात्रामार्फत व्यक्तिगत विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान दिइएको हो।
विद्यार्थीहरूको सफलताप्रति खुसी व्यक्त गर्दै बीईजी बोर्ड तथा कलेज व्यवस्थापनका प्रतिनिधि अरुणले विजेताहरूलाई बधाई दिँदै उनीहरूको लगनशीलता अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको बताए।
कलेजले विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने मेन्टर राजन कुमार राईप्रति आभार व्यक्त गर्दै शैक्षिक उत्कृष्टताका साथै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा निरन्तर जोड दिइने जनाएको छ।
साउन ८, २०८३ शुक्रबार १२:४९:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।