इनड्राइभद्वारा ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभद्वारा ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

काठमाडौं : विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंमा ‘क्रिएटर्स भेटघाट’ कार्यक्रम आयोजना गर्दै ६ वटा उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

नेपाली कन्टेन्ट क्रिएटरहरूको सिर्जनशीलता प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ६० भन्दा बढी क्रिएटरहरूको सहभागिता रहेको थियो। सोही अवसरमा इनड्राइभले ‘ड्रिम इट. डु इट.’ नामक नयाँ क्रिएटर फेलोसिप कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

कार्यक्रममा सहभागी क्रिएटरहरूलाई ब्रान्डहरूसँगको सहकार्य, बौद्धिक सम्पत्तिको अधिकार, सम्झौताका सर्त र उचित पारिश्रमिक निर्धारणबारे अभिमुखीकरण दिइनुका साथै चित्रकला, पोटरी र हस्तकलाजस्ता सिर्जनात्मक गतिविधिमा संलग्न गराइएको थियो।

अवधारणाको मौलिकता, सिर्जनशीलता र कार्यान्वयनका आधारमा छानिएका ६ जना क्रिएटरले आफ्नो कन्टेन्ट निर्माणका लागि आर्थिक सहयोग र पूर्ण सिर्जनात्मक स्वतन्त्रता पाउनेछन्। छानिएका अवधारणामा नेपालका विभिन्न समुदायका मौलिक परिकारदेखि पोखराको साहसिक यात्रासम्मका विषय समेटिएका छन्।

इनड्राइभले आफूलाई राइड-हेलिङ सेवामा मात्र सीमित नराखी नेपाली युवाको क्षमता विकास र व्यावसायिक यात्रामा सहकार्य गर्ने लक्ष्य राखेको जनाएको छ। छानिएका क्रिएटरहरूको नाम चाँडै इनड्राइभ नेपालको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

साउन ८, २०८३ शुक्रबार ११:५६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।