टीभीएसले नेपालमा ल्यायो ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटर, रेन्ज १५८ किमी अनि मूल्य?

टीभीएसले नेपालमा ल्यायो ‘अर्बिटर’ इलेक्ट्रिक स्कुटर, रेन्ज १५८ किमी अनि मूल्य?

काठमाडौं : टीभीएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘टीभीएस अर्बिटर’ सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको यस स्कुटरको प्रारम्भिक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

दैनिक सहरी यात्रालाई दिगो र सहज बनाउने उद्देश्यले ल्याइएको यस स्कुटरले एक पटकको फुल चार्जमा १५८ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ।

३.१ किलोवाट आवरको ब्याट्री, १६९ एमएम ग्राउन्ड क्लियरेन्स र सेग्मेन्टमै पहिलो पटक १४ इन्चको फ्रन्ट ह्विल भएको स्कुटरमा दुईवटा हेल्मेट अटाउने ३४ लिटरको अन्डर-सिट स्टोरेज, ८४५ एमएम लामो सिट र २९० एमएमको फ्ल्याटफर्म फुटबोर्ड छ।

टर्न-बाय-टर्न नेभिगेसन, कल/एसएमएस अलर्ट, लाइभ लोकेसन ट्र्याकिङ, जियो-फेन्सिङ र ओटीए अपडेट सुविधासहितको डिजिटल एलसीडी क्लस्टर र मोबाइल एप कनेक्टिभिटी भएको यसमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, पार्किङ असिस्ट र रिजेनेरेटिभ ब्रेकिङसहितको ‘इको’ र ‘पावर’ मोड पनि उपलब्ध छ।

यो स्कुटर नियोन सनबर्स्ट, कस्मिक टाइटेनियम र मार्शियन कपर गरी ३ आकर्षक रङहरूमा उपलब्ध छ।

टीभीएस आईक्युबको सफलतापछि आएको अर्बिटरले नेपालको दुईपाङ्ग्रे ईभी बजारलाई अझ बलियो बनाउने र सहरी यात्रालाई नयाँ परिभाषा दिने शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताएका छन्।

साउन ८, २०८३ शुक्रबार ११:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।