बाढीपहिरोका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा ल्यायो ‘विशेष सर्च गाइड’
काठमाडौं : मनसुनका बेला बाढीपहिरोसम्बन्धी गलत सूचना फैलिन नदिन र सर्वसाधारणलाई प्रमाणित जानकारी दिन टिकटकले नेपालमा ‘विशेष सर्च गाइड’ सुरू गरेको छ।
अब टिकटकमा बाढी वा विपद्सम्बन्धी विषय सर्च गर्दा प्रयोगकर्ताले एउटा विशेष ब्यानर देख्नेछन्।
सो ब्यानरमार्फत प्रयोगकर्ताहरू सिधै नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल, टिकटकको ‘सेफ्टी सेन्टर’ र ‘ट्र्याजिक इभेन्ट सपोर्ट गाइड’ मा पुग्न सक्नेछन्।
यस गाइडमा प्राकृतिक विपद्बारे आधिकारिक विवरणका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग र विपद्का सामग्री जिम्मेवारीपूर्वक सेयर वा रिपोर्ट गर्ने तरिकासमेत समावेश गरिएको छ।
टिकटकका दक्षिण एसियाली सार्वजनिक नीति प्रमुख फिरदौस मोत्ताकिनले संकटका बेला सही जानकारी महत्त्वपूर्ण हुने भएकाले सर्वसाधारणलाई सुरक्षित र संयमित राख्न यो पहल गरिएको बताएका छन्।
साउन ८, २०८३ शुक्रबार ११:४६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।