१४ अंकले बढ्यो नेप्से, साढे ४ अर्ब माथिको कारोबार
काठमाडौं : बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ। अघिल्लो दिन १३.९५ अंक घटेको नेप्से परिसूचक यसदिन १४.१७ अंकले बढेर २७२६ विन्दुमा कायम भएको छ। लगातार छ कारोबार दिन बढेको सेयर बजार बुधबार भने घटेको थियो।
आज १५३ कम्पनीको मूल्य बढ्दा १११ को घटेको छ भने १२ को स्थिर रहेको छ। आज चार अर्ब ६९करोडको कारोबार भएको छ।
यसदिन लगानी र अन्यबाहेक सबै समूहका उपसूचक बढेका छन्। लगानी ०.४२ प्रतिशत र अन्य ०.०८ प्रतिशत घटेका छन्। बैंकिङ ०.३८, विकास बैंक ०.७४, फाइनान्स ०.२७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन समूह ०.३१, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.६४ र व्यापार २.५८ प्रतिशत बढेका छन्
एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ भने स्नो रिभर्सको १३.७१ र एपोलो हाइड्रोपावरको मूल्य ११.०४ प्रतिशत बढेको छ।
आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन्।
साउन ७, २०८३ बिहीबार १५:१९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।