बिहीबार ०७ साउन, २०८३
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं : नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ।
बुधबारको तुलनामा यसदिन सुन प्रतितोला तीन सय र चाँदी २५ रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार तोलामा चार हजार चार सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।
साउन ७, २०८३ बिहीबार ११:११:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।