एनआईसी एसिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी कार्यक्रमसहित वार्षिकोत्सव मनाइँदै

एनआईसी एसिया बैंक २९औं वर्षमा प्रवेश, सप्ताहव्यापी कार्यक्रमसहित वार्षिकोत्सव मनाइँदै

काठमाडौं : एनआईसी एसिया बैंक २९औं वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाइरहेको छ।

वार्षिकोत्सवको अवसर पारेर बैंकले गत साउन ४ गते (श्रावण महिनाको पहिलो सोमबार) पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनहरूलाई पिउने पानी वितरण गरेको थियो।

यसैगरी, साउन ५ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय (कमलादी) मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ, जसमा १०१ जना कर्मचारी र ग्राहकले रक्तदान गरेका थिए।

यस्तै, संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका १३ वटा विद्यालय र एउटा आश्रमलाई कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टरलगायतका शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ।

जसमा कोशी र बागमती प्रदेशमा ४-४ वटा विद्यालय र अन्य प्रदेशका एक–एक विद्यालयलाई सहयोग उपलब्ध गराइएको छ।

साथै, बैंकले सातै प्रदेशका मठमन्दिर, विद्यालय र अन्य सार्वजनिक स्थलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।

स्थापनाको करिब तीन दशक पार गरेको बैंकले यस अवसरमा आफ्ना सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारी र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गरेको छ।

साउन ७, २०८३ बिहीबार १०:४२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।