जगदम्बा मोटर्सको चार नयाँ सोरुम तथा सर्भिस सेन्टर विस्तार
काठमाडौं : जगदम्बा मोटर्सले कम्प्याक्ट इलेक्ट्रिक एसयुभि 'प्रोटोन इ. मास ५' सार्वजनिक गरेसँगै आफ्नो सेल्स तथा सर्भिस नेटवर्कलाई तीव्र गतिमा विस्तार गर्न थालेको छ।
यसै क्रममा कम्पनीले भक्तपुरको राधे-राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
मङ्गलबार आयोजित औपचारिक उद्घाटन समारोहमार्फत सेवा सुरु गरिएको भक्तपुरको यो शाखा पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट रहेको जगदम्बा मोटर्सको दाबी छ।
नेपालमा अग्रणी विद्युतीय सवारी (इभि) ब्रान्डका रूपमा स्थापित हुने लक्ष्य राखेको जगदम्बा मोटर्सले आगामी हप्तादेखि नै मोफसलका प्रमुख सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा पनि नयाँ सोरुमहरू सञ्चालनमा ल्याउने जनाएको छ।
यसअघि नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ स्थानबाट सेवा दिँदै आएको कम्पनीको यस नयाँ विस्तारसँगै ग्राहकहरूले देशभरका विभिन्न शाखाहरूबाट प्रोटोनका गाडी खरिद तथा मर्मतसम्भारको सहज सुविधा पाउनेछन्।
सन् २०१८ देखि नेपालमा प्रोटोन गाडी वितरण गर्दै आएको जगदम्बा मोटर्सले मलेसियाको अग्रणी ब्रान्ड प्रोटोन र जिलीबीचको रणनीतिक साझेदारी पश्चात् अन्तर्राष्ट्रिय स्तरमै बलियो पकड बनाउँदै गएको प्रोटोन इ. मास ब्रान्डलाई नेपाली बजारमा अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास लिएको छ।
साउन ६, २०८३ बुधबार १७:२७:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।