सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा पुनः मार्भल टेक्नोप्लास्ट

सुदूरपश्चिम रोयल्सको एक्सिलेन्स पार्टनरमा पुनः मार्भल टेक्नोप्लास्ट

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीचको सहकार्यले निरन्तरता पाएको छ।

मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको हो।

बुधबार आयोजित एक कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेती ले सम्झौतापत्रमा हस्ताक्षर गर्दै साझेदारी नवीकरण गरेका छन्।

सम्झौतापछि बोल्दै रोयल्सका प्रमुख कार्यकारी निर्देशक खड्काले दोस्रो वर्ष पनि सहकार्य निरन्तर हुनु खुशीको कुरा भएको बताए। साथै, यस्ता सहकार्यले नेपाल प्रिमियर लिगलाई मात्र नभई समग्र नेपाली क्रिकेटको विकास, व्यावसायिकता र दीर्घकालीन उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे।

मार्भल टेक्नोप्लास्टका उपाध्यक्ष पवन कुमार सन्चेतीले नेपाल प्रिमियर लिगजस्तो प्रतियोगिताले देशलाई खेलमार्फत एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले यो साझेदारीले दुवै संस्थालाई नयाँ ऊर्जा प्रदान गर्नुका साथै नेपाली खेलकुद र राष्ट्रको विकासमा समेत सकारात्मक योगदान पुर्याउने बताए।

एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको सुदूरपश्चिम रोयल्सले आफ्ना व्यावसायिक साझेदारहरूसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै लगेको जनाएको छ। 

साउन ६, २०८३ बुधबार १७:१५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।