६ दिनपछि घट्यो सेयर बजार,  ५ अर्ब १८ करोडको कारोबार

६ दिनपछि घट्यो सेयर बजार,  ५ अर्ब १८ करोडको कारोबार

काठमाडौं : लगातार छ कारोबार दिन बढेको सेयर बजार बुधबार भने घटेको छ। यसदिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२ विन्दुमा कायम भएको छ।

आज ७७ कम्पनीको मूल्य बढ्दा १९३ को घटेको छ भने ७ को स्थिर रहेको छ। आज ५ अर्ब १८ करोडको कारोबार भएको छ।

यसदिन फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका उपसूचक घटेका छन्। फाइनान्स ०.४९ र उत्पादन तथा प्रशोधन समूह ०.४५ प्रतिशत बढेका छन्।

व्यापार सबैभन्दा धेरै २.६० प्रतिशत घटेको छ। त्यस्तै बैंकिङ ०.२७, विकास बैंक ०.२४, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५७, लगानी ०.५०, जीवन बीमा ०.६५, माइक्रोफाइनान्स ०.४२, निर्जीवन बीमा १.२६, अन्य ०.९८ प्रतिशत घटेका छन्।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोपावरको मूल्य १०.५० प्रतिशत बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, सिटी होटल छन्।

साउन ६, २०८३ बुधबार १५:२६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।