‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्दै ब्रिटिस काउन्सिल

‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्दै ब्रिटिस काउन्सिल

काठमाडौं : ब्रिटिस काउन्सिलले दक्षिण एसियाली देशका शिक्षक, अनुसन्धानकर्ता र शिक्षाविद्हरूलाई लक्षित गर्दै तीन दिने ‘साउथ एसिया टिचिङ इङलिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ।

आगामी २३ देखि २५ जुलाई २०२६ मा सञ्चालन हुने यस अनलाइन सम्मेलनमा इच्छुक सबैका लागि निःशुल्क सहभागिताको व्यवस्था गरिएको छ।

बदलिँदो विश्व परिवेशमा विद्यार्थीहरूलाई सक्षम बनाउन अङ्ग्रेजी भाषा शिक्षणमा सिर्जनशीलता, समावेशिता र प्रविधिको प्रयोग कसरी गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित रहनेछ।

सम्मेलनमा भाषा सिकाइसँगै क्रिटिकल थिङ्किङ, सहकार्य र एआईलाई शिक्षण पद्धतिमा पूरकका रूपमा उपयोग गर्ने व्यावहारिक उपायहरूबारे बहस हुनेछ।

सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विज्ञहरूले मुख्य प्रस्तुति तथा अनुभव साझा गर्नेछन्।

नेपालबाट माध्यमिक तहका शिक्षिका तथा प्रशिक्षकहरू शोभा भट्टराई, आस्था कुमारी चौधरी र शिक्षक कृष्ण आर.सी.ले वक्ताका रूपमा सहभागिता जनाउनेछन्।

ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीका अनुसार विद्यार्थीको सफलताका लागि प्रभावकारी सञ्चार र सिर्जनशीलता आवश्यक रहेकाले सम्मेलनमार्फत कक्षाकोठामा कार्यान्वयन गर्न सकिने अनुसन्धानमा आधारित रणनीतिहरू साझा गरिनेछ।

सम्मेलनमा सहभागिताका लागि ब्रिटिस काउन्सिलको वेबसाइटमार्फत दर्ता गर्न सकिनेछ।

साउन ६, २०८३ बुधबार १४:०१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।