एनएमबि बैंकद्वारा सातै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सार्वजनिक
काठमाडौं : एनएमबि बैंक लिमिटेडले देशका सातै प्रदेशका ग्राहकहरूलाई लक्षित गर्दै प्रदेश-केन्द्रित ‘प्रदेश बचत खाता’ योजना सुरू गरेको छ।
स्थानीय पहिचान, सास्कृतिक सम्पदा र प्रादेशिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो विशेष बचत योजना ल्याएको हो।
यस योजनाअन्तर्गत सातै प्रदेशका लागि विभिन्न खाताको नाम दिएर विशेष खाताहरू सञ्चालनमा ल्याइएको छ।
कोशीका लागि कोशी बचत खाता, मधेशका लागि मिथिला, बागमतीका लागि बागमती, गण्डकीका लागि फेवा, लुम्बिनीका लागि बुद्धभूमि, कर्णालीका लागि रारा र सुदूरपश्चिमका लागि खप्तड बचत खाता सञ्चालनमा ल्याइएको छ।
डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यी खाता खोल्ने ग्राहकहरूलाई पहिलो वर्षका लागि नि:शुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, डिम्याट र मेरोसेयर खाता दर्ता सुविधा उपलब्ध गराइनेछ।
वित्तीय समावेशीकरण र कागजविहीन (पेपरलेस) डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको एनएमबि बैंकले हाल देशभर रहेका १९८ शाखा, १७६ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।
साउन ६, २०८३ बुधबार १३:४४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।