तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

तोलामा ५४ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी पनि महंगियो

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

मङ्गलबारको तुलनामा सुन तोलामा पाँच हजार चार सय र चाँदी एक सय १० रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुन दुई लाख ९१ हजारमा कारोबार भइरहेको छ। 
मंगलबार सुन प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।  

यस्तै, मंगलबार तोलामा चार हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार एक सय ३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

साउन ६, २०८३ बुधबार ११:३३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।