कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको छ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर मौसम बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभाग र कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

अन्य प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जनसहित मध्यम वर्षा हुनेछ भने हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको उच्च जोखिम छ। यसले सडक तथा हवाई यातायात, कृषि र दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।

साउन ६, २०८३ बुधबार ०७:२३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।