वीपी जयन्तीमा शुभकामना दिँदै देउवाले भने ‘म स्वदेश फर्कँदै छु’

वीपी जयन्तीमा शुभकामना दिँदै देउवाले भने ‘म स्वदेश फर्कँदै छु’

काठमाडौं : २०८२ फागुन २१ को निर्वाचन अगाडि नै स्वास्थ्य उपचारका लागि भन्दै सिंगापुर गएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको बताएका छन्। देउवा सचिवालयले ह्वाट्सएपमा सार्वजनिक गरेको वीपी जयन्तीको शुभकामनामा उनले आफू स्वदेश फर्कन लागेको उल्लेख गरेका छन्।

अहिले देउवासहित उनको परिवारका सदस्यहरूबारे सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरिरहेको छ। उनले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण साझा सङ्कल्प हुनुपर्ने भन्दै ‘यही विश्वासका साथ नेपाली भूमिमा पून पाइला टेक्न लागेको उल्लेख गरेका छन्।

 

साउन ५, २०८३ मंगलबार १८:४८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।