लगातार छैटौँ दिन पनि बढ्यो नेप्से, साढे ६ अर्ब नाघ्यो कारोबार

लगातार छैटौँ दिन पनि बढ्यो नेप्से, साढे ६ अर्ब नाघ्यो कारोबार

काठमाडौं : मंगलबार पनि सेयर बजार बढेको छ। अघिल्लो दिन ४१.७० अंक बढेको नेप्से परिसूचक यसदिन ७.२५ अंकले बढेर २७२६ विन्दुमा कायम भएको छ। लगातार छैटौं कारोबार दिन पनि सेयर बजार बढेको हो। 

१०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो। कारोबार रकम पनि बढेको छ। आज ६ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएको थियो।

यसदिन व्यापार सबैभन्दा धेरै २.८८ प्रतिशत बढेको छ। त्यस्तै अन्य १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ तथा बैंकिङ ०.०९ प्रतिशत बढे ।विकास बैंक ०.४०, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०२, निर्जीवन बीमा ०.१४ प्रतिशत घटेका छन्।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर छन्।

साउन ५, २०८३ मंगलबार १५:३४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।