‘मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुल्यो
काठमाडौं : ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि औपचारिक रूपमा आवेदन खुला गरेको छ।
‘Perfect As You Are’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस वर्षको प्रतियोगिताको अडिसन आगामी अगस्ट १ मा हुनेछ भने फाइनल प्रतिस्पर्धा सेप्टेम्बर ६ मा सोल्टी होटलमा आयोजना गरिनेछ।
यस वर्षको प्रतियोगितामा विवाहित, अविवाहित तथा विदेशमा रहेका गैरआवासीय नेपाली महिलाहरूले पनि सहभागिता जनाउन सक्ने आयोजक संस्थाकी सीईओ सबि पुरीले जानकारी दिए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेतृत्व गर्न सक्ने प्रतिभाशाली महिलाको खोजी गर्ने उद्देश्य राखिएको यस प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।
विद्युतीय सवारीसाधन ब्रान्ड ‘दिपल’ मुख्य प्रायोजक रहेको यस प्रतियोगितामा ‘एक्स-एज’ र ‘अमृत सूर्यमुखी तेल’ सह-प्रायोजक रहेका छन्।
इच्छुक र योग्य प्रतिस्पर्धीहरूले मिस युनिभर्स नेपालको आधिकारिक प्लेटफर्म वा मोबाइल एपमार्फत आवेदन दिन सक्नेछन्।
साउन ५, २०८३ मंगलबार १२:५२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।