श्रीमानसँगको विवादका कारण बौद्ध गेटनजिक एक युवतीद्वारा आत्मदाह प्रयास
काठमाडौं : काठमाडौं महानगरपालिका-६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन्।
काभ्रेको तेमाल गाउँपालिका-३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनले भने, ‘घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ।’
सालुले श्रीमानसँगको विवादपछि आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ। उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ।
(आत्मदाह वा आत्महत्या कुनै पनि समस्याको समाधान होइन। यदि तपाईं वा तपाईंको वरपर कोही मानसिक तनावमा हुनुहुन्छ भने मद्दत माग्न नहिच्किचाउनुहोस्। आत्मदाह वा आत्महत्या रोकथामका लाग राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ।)
साउन ५, २०८३ मंगलबार ०९:५९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।