एनसेलको नयाँ अफर : एप खोलेर फोन हल्लाउँदा सरप्राइज उपहार!

एनसेलको नयाँ अफर : एप खोलेर फोन हल्लाउँदा सरप्राइज उपहार!

काठमाडौं : एनसेलले डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले साउन १ गतेदेखि एनसेल एपमा ‘शेक एन्ड विन’ अफर सार्वजनिक गरेको छ।

मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा (शेक गर्दा) डाटा प्याक र छुट कुपन लगायतका विभिन्न सर्प्राइज उपहारहरू निःशुल्क प्राप्त गर्न सकिने छ।

एनसेल एपको प्रयोगलाई थप प्रभावकारी र अन्तरक्रियात्मक बनाउन ल्याइएको यस अफरमा सहभागी हुनेले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाउँदा एक पटक नयाँ उपहार प्राप्त गर्न सकिने एनसेलले जनाएको छ।

अफरमा निःशुल्क अनलिमिटेड नाइट डाटा, लोकप्रिय सामाजिक सञ्जालमा निःशुल्क पहुँच, डाटा प्याक, विभिन्न लाइफस्टाइल उत्पादनहरू तथा यात्रा र साहसिक गतिविधिहरूमा विशेष छुट कुपनहरू जस्ता उपहारहरू समावेश छन्।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले डिजिटल अनुभवलाई थप सहज र आकर्षक बनाउन एपमा पहिलो पटक ‘गेमिफाइड’ (खेलमा आधारित) सुविधा ल्याइएको बताए।

एनसेलले आफ्नो ‘डिजिटल-फस्ट’ रणनीति अनुरूप नवीन र सहज डिजिटल अनुभव प्रदान गर्न यो योजना ल्याएको जनाएको छ। नियमित रूपमा एप प्रयोग गर्न प्रोत्साहन गर्नुका साथै आफ्नो डिजिटल सेवाप्रति यस अफरले पहुँच र सचेतना बढाउने सघाउ पुग्ने विश्वास एनसेलले लिएको छ।

साउन ४, २०८३ सोमबार २०:१६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।