४१ अंकले बढ्यो नेप्से, ५ अर्ब १५ करोडको कारोबार

४१ अंकले बढ्यो नेप्से, ५ अर्ब १५ करोडको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ।

अघिल्लो कारोबार दिन शुक्रबार ७९ अंक बढेको नेप्से परिसूचक सोमबार ४१.७० अंकले बढेर २७१९ विन्दुमा कायम भएको छ। लगातार दुई कारोबार दिनमै सेयर बजार १२० अंक बढेको छ। 

आज दिनभरजसो बजार हरियो रह्यो। अघिल्लो दिन ४ अर्ब ५३ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको कारोबार भएको छ। 

यसदिन २३९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने ५ को स्थिर रह्यो।

उत्पादन तथा प्रशोधन समूह आज सबैभन्दा धेरै ३.२१ प्रतिशत बढेको छ। बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४, जलविद्युत् २.७९, अन्य समूह २.८१,  तथा व्यापार समूह १.१४ प्रतिशत बढेका छन्।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढेकव छ। रिजलाइन इनर्जीको १३.९५, श्रीनगर एग्रिटेकको १०.९५,  प्रतिशत मूल्य बढेको छ।

आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक र नेसनल हाइड्रोपावर छन्।

साउन ४, २०८३ सोमबार १५:३१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।