डिशहोमको ओटिटी प्लेटफर्म 'डिगो' मा ७ लाखभन्दा बढी दर्शक
काठमाडौं : डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ओटिटी प्लेटफर्म डिगोले आफ्नो सेवामा ७ लाखभन्दा बढी दर्शक जोड्दै नयाँ रेकर्ड कायम गरेको छ।
कम्पनीका अनुसार यो उपलब्धिसँगै डिगो नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा अग्रणी स्ट्रिमिङ प्लेटफर्मका रूपमा थप स्थापित भएको छ। दर्शकको बढ्दो सहभागिताले डिजिटल सामग्रीप्रतिको आकर्षण निरन्तर बढिरहेको संकेत गरेको कम्पनीको भनाइ छ।
डिगोले हाल विश्वव्यापी प्रसारण अधिकारअन्तर्गत फिफा विश्वकप २०२६ लगायतका चर्चित अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिरहेको छ। कम्पनीले दर्शक सङ्ख्यामा आएको उल्लेख्य वृद्धि यिनै रणनीतिक सामग्री विस्तार र विशेष प्रसारण अधिकारको परिणाम भएको जनाएको छ।
प्लेटफर्मले खेलकुदका साथै विभिन्न विधाका उच्च गुणस्तरीय भिडियो सामग्री मोबाइल फोन, स्मार्ट टिभी तथा अन्य डिजिटल उपकरणमार्फत उपलब्ध गराउँदै आएको छ। नेपाली दर्शकमाझ विश्वस्तरीय मनोरञ्जन र खेलकुद सामग्री सहज रूपमा पुर्याउने प्रयासले डिगोको लोकप्रियता निरन्तर बढिरहेको कम्पनीको दाबी छ।
साउन ४, २०८३ सोमबार १२:५०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।