सोमबार पनि बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि ८० रूपैयाँले बढेर चार हजार तीन सय २० रूपैयाँ कायम भएको छ। आइतबार चाँदी तोलामा चार हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको थियो।
साउन ४, २०८३ सोमबार ११:०४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।