बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो, ब्याजदर ८.९९ प्रतिशत कायम

बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो, ब्याजदर ८.९९ प्रतिशत कायम

काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकहरूका लागि मोटरसाइकल खरिद प्रक्रियालाई थप सहज र किफायती बनाउन नयाँ फाइनान्सिङ सुविधा सार्वजनिक गरेको छ। 

कम्पनीले नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) सँगको सहकार्यमा यो नयाँ योजना ल्याएको हो।  

नयाँ व्यवस्थाअनुसार अब ग्राहकले बजाज मोटरसाइकल खरिद गर्दा ३ वर्षको सट्टा अधिकतम ५ वर्ष (६० महिना) सम्मको ऋण सुविधा पाउनेछन्। ऋणको अवधि विस्तार गरिनुका साथै ब्याजदरलाई पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको कम्पनीले जनाएको छ। 

यो फाइनान्सिङ सुविधा प्लाटिना १०० इएस देखि डोमिनार ४०० सम्मका सम्पूर्ण बजाज मोटरसाइकलहरूमा लागू हुनेछ।  यसका साथै पल्सर सिरिजका पल्सर १२५, पल्सर एन१२५, पल्सर १५०, पल्सर एन१५०, पल्सर एन१६०, पल्सर २२०एफ, पल्सर २०० एनएस, पल्सर एन२५० तथा एनएस४०० जेड लगायतका सम्पूर्ण मोडेलहरूमा पनि मासिक किस्ता दर उल्लेख्य रूपमा घटाइएको छ। 

एचएच बजाजका अनुसार यो कुनै सीमित अवधिको व्यापारिक छुट योजना नभएर ग्राहकहरूको वास्तविक आवश्यकता र क्रयशक्तिलाई ध्यानमा राखी स्थायी रूपमा स्वामित्व सहज बनाउन ल्याइएको कदम हो। 

मोटरसाइकलको कुल मूल्यभन्दा पनि मासिक किस्ता तिर्नु धेरैका लागि चुनौतीपूर्ण बन्ने बजारको अवस्थालाई बुझेर यो निर्णय गरिएको कम्पनीले स्पष्ट पारेको छ।  देशभर रहेका एचएच बजाजका आधिकारिक शोरुमहरूबाट ग्राहकले यो आकर्षक फाइनान्सिङ सुविधा लिन सक्नेछन्।  

साउन ३, २०८३ आइतबार १७:२७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।